त्रिपुरासुन्दरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सारांश
- विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
- अदालतले दोषीहरूलाई जनही दुई वर्ष कैद र एक करोड दुई लाख ८१ हजार नौ सय ५० रुपैयाँ १८ पैसा जरिवानाको फैसला सुनाएको छ।
काठमाडौँ । विशेष अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो।
सोमबार विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र कर्ण बहादुर कार्कीलाई जनही २ वर्ष कैद र १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना हुने ठहर गरेको छ ।
त्यसैगरी, निर्माण व्यवसायीका तर्फबाट दिव्य निर्माण सेवाका प्रोप्राइटर भीमराज न्यौपानेलाई २ वर्ष कैद र १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना हुने फैसला सुनाएको छ । दिव्य निर्माण सेवा (फर्म) को हकमा भने कैद नभई जरिवाना मात्र हुने अदालतले जनाएको छ।
अदालतले प्रतिवादीहरूबाट हानी नोक्सानी भएको बिगो रकम जनही १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा असुल गरी त्रिपुरासुन्दरी नगरपालिकाको कोषमा दाखिला गर्न आदेश दिएको छ । साथै,’अपराध पीडित संरक्षण ऐन, २०७५’ को प्रावधानअनुसार पीडित राहत कोषमा जनही ४३ हजार २ सय ७८ रुपैयाँ क्षतिपूर्ति शुल्क समेत जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने अर्थमन्त्रीकाे आश्वासन
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण