सिंहदरबार प्रवेश गर्ने अधिकृतहरूको विवरण पठाउन प्रहरीलाई सशस्त्रको अनुरोध
सारांश
- सशस्त्र प्रहरी बलले दैनिक सिंहदरबार प्रवेश गर्ने आफ्ना अधिकृतहरूको विवरण उपलब्ध गराउन नेपाल प्रहरीलाई पत्राचार गरेको छ।
- आन्तरिक कार्यविधि र नियमावली विपरीत अनुमति बिना भेटघाट गर्ने तीन जना अधिकृतसँग सशस्त्र प्रहरीले स्पष्टीकरण सोधेको छ।
काठमाडौँ । दैनिक सिंहदरबार प्रवेश गर्ने सशस्त्र प्रहरीका अधिकृतहरूको विवरण उपलब्ध गराउन सशस्त्र प्रहरीले प्रहरी हेडक्वार्टरलाई अनुरोध गरेको छ । सशस्त्र प्रहरी कर्मचारीले राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी र कूटनीतिक व्यक्तिहरू भेट्नुपरे आन्तरिक कार्यविधि अनिवार्य पालना गर्नुपर्ने नियम छ ।
पछिल्लो समय सशस्त्रका अधिकृतहरू बाह्य भेटघाटका लागि सिंहदरबार प्रवेश गरेको सूचनाको आधारमा सशस्त्र प्रहरी हेडक्वार्टरले नेपाल प्रहरीलाई पत्राचार गरेको हो ।
सिंहदरबारमा प्रहरीका एसपी नेतृत्वको सुरक्षा गण छ । सो गणले सिंहदरबार प्रवेश गर्नेहरूको विवरण राख्ने गरेको छ । आफ्ना कर्मचारी प्रवेश गरेको विवरण उपलब्ध गराउन वैशाख ४ मा प्रहरीलाई पत्रमार्फत अनुरोध गरिएको सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने– ‘अनुमति बिना भेटघाट गरेको पाइए नियमावली अनुसार कारबाही हुन्छ ।’
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार आचरण विपरीतको काम गर्न पाइँदैन । प्रधान कार्यालयको अनुमति बिना र कार्यालयको कामको सिलसिला बाहेक भेटघाट गरेमा विभागीय कारबाही हुने व्यवस्था नियमावलीले गरेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अनुमति बिना सिंहदरबार प्रवेश गरेको सूचना पाएपछि दुई जना एसएसपी र एक जना एसपीलाई स्पष्टीकरण सोधेको छ । एसएसपीद्ववय नेत्र कार्की, राजेश उप्रेती र एक जना एसपीलाई स्पष्टीकरण सोधिएका सशस्त्रका एक जना उच्च अधिकृतले बताए । उनले भने– ‘स्पष्टीकरण सोधेका छौँ, जवाफ आएपछि थप प्रक्रिया अघि बढ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण