सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गृहमन्त्री सुधनबारे हर्क : दिनदिनै नयाँ लफडा सुनिन्छ, मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो

मङ्गलबार, ०८ वैशाख २०८३, १७ : १९
मङ्गलबार, ०८ वैशाख २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेका छन्। विभिन्न विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलबार सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले पदबाट हटेर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्।

गृहमन्त्रीका बारेमा दिनदिनै नयाँ-नयाँ लफडा र विवादास्पद कुराहरू बाहिर आइरहेकाले उनले पदमा बसिरहनु उचित नहुने राईको तर्क छ। ‘उहाँका बारेमा जहिले पनि नयाँ-नयाँ कुरा सुनिन्छ, त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्तामा दुई-तीन चोटि घरी के घरी के सुनिन्छ? त्यसैले उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव छ,’ अध्यक्ष राईले भने।

प्रश्नबाट भाग्न नचाहेको स्पष्ट पार्दै उनले गृहमन्त्रीबारे बारम्बार प्रश्न उठ्नु सरकार र सुशासनका लागि राम्रो संकेत नभएको बताए। उनले सरकारलाई आफ्नो ध्यान सुशासन कायम गर्नेतर्फ केन्द्रित गर्न सचेत गराउँदै जनतामाझ उठेका प्रश्नहरूको जवाफ राजीनामार्फत दिनुपर्नेमा जोड दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप