गर्भपतनका क्रममा महिलाको मृत्यु भएपछि आफन्तले बन्द गराए स्वास्थ्य संस्था
बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको गर्भपतन गराउने क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले बुटवलका विभिन्न स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् ।
आइतबार साँझ उपचारका क्रममा गीता पाण्डे मृत्यु भएपछि उनका आफन्तले आज बुटवलस्थित खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका हुन् । दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्व–पश्चिम राजमार्गअन्तर्गत चौराहा क्षेत्रमा सडकसमेत अवरुद्ध गरेका थिए ।
प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिएको मृतकका आफन्त गोकुल पाण्डेयले बताए ।
मृतक गीता पाण्डे करिब १२ हप्ताकी गर्भवती थिइन् । गर्भ अस्वस्थ भएको भन्दै उनी ५ वैशाखमा श्रीमान्सहित बुटवलको इँटाभट्टी क्षेत्रमा रहेको खत्री नर्सिङ होम पुगेकी थिइन् । यसअघि २७ चैतमा पनि सोही स्वास्थ्य संस्थामा जाँच गराएकी थिइन् ।

नर्सिङ होमका डा । डीबी खत्रीले गर्भ असामान्य रहेको बताउँदै ४ वैशाखमा पुनः बोलाएका थिए । त्यसपछि ५ वैशाखमा पुगेकी गीतालाई खत्री नर्सिङ होमले लोकेसन म्यापसहित जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो । त्यहाँबाट इन्दुलेखा क्लिनिक पुर्याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनापछि मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका छन् ।
जाहेरीमा डा. डीबी खत्री, डा. सतीश रुपाखेती, सन्ध्या बस्नेत (जोनल फार्मेसी सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी) र खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा क्लिनिक सञ्चालक) लाई आरोपित गर्दै कारबाहीको माग गरिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार जाहेरी दर्तापछि सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । अन्य दुई चिकित्सकलाई पनि पक्राउ गर्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण