बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम: शान्तिको सन्देश दिइने
काठमाडौँ । गौतम बुद्ध को २५७० औँ बुद्ध जयन्तीको अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।
गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना सुरु हुनेछ । पूजा सम्पन्न भएपछि बिहान ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनमा राखिनेछ ।
उक्त अवसरमा ८४ लाख देवी–देवताले समुद्घाटन गरेको मानिने काश्यप बुद्धको अस्तु तथा स्वयम्भूनाथ स्तूप सँग सम्बन्धित धार्मिक सामग्रीसमेत गुम्बामा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिनेछ ।
दिउँसो १ बजेदेखि स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थितिमा औपचारिक कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा विभिन्न देश–विदेशका कूटनीतिक प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ। उद्घाटन शान्तिको प्रतीक परेवाको जोडी उडाएर तथा दीप प्रज्वलन गरी गरिनेछ। औपचारिक कार्यक्रम ११ः३० बजेसम्म सम्पन्न गरी सहभागीका लागि भोजन विश्रामको व्यवस्था गरिएको छ ।
सोही दिन दिउँसो २ बजेदेखि ऐतिहासिक गौतम बुद्धको मूर्तिलाई बौद्ध महास्तूप परिसरमा विभिन्न धर्मावलम्बी गुरुहरू, संघसंस्थाहरू तथा धर्मगुरु चिनियाँ लामा भूपति बज्र लामाको अगुवाइमा परिक्रमा गरिने कार्यक्रम तय गरिएको छ।
कार्यक्रममार्फत धार्मिक आस्था अभिवृद्धि, सांस्कृतिक सम्पदाको संरक्षण तथा विश्व शान्तिको सन्देश फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण