सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ।
- छापावाल सुन आज प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आई ५ हजार १३० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
महासंघले आजका लागि तय गरेको दरभाउअनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम गरिएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ । सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ रहेको थियो ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण