पेरुमा निर्वाचन प्रमुखले दिए राजीनामा
सारांश
- पेरुको राष्ट्रिय चुनाव प्रक्रिया कार्यालयका प्रमुख पिएरो कोर्वेटोले आमनिर्वाचनको मतगणनामा बढेको असन्तुष्टिपछि राजीनामा दिएका छन्।
- उनले निर्वाचनमा कुनै धाँधली नभएको दाबी गर्दै सार्वजनिक विश्वास बढाउन आफूले पद छोडेको स्पष्ट पारेका छन्।
- अप्रिल १२ मा सम्पन्न पहिलो चरणको मतदान व्यवस्थापनमा देखिएको कमजोरीका कारण निर्वाचन प्रणालीप्रति जनविश्वास घट्दै गएको छ।
लिमा । पेरुमा हालै सम्पन्न आमनिर्वाचनपछि मतगणना अझै जारी छ । मतगणनामा व्यापक असन्तुष्टि बढेपछि निर्वाचन निकायका प्रमुखले पदबाट राजीनामा दिएका छन् ।
मङ्गलवार पिएरो कोर्वेटोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय चुनाव प्रक्रिया कार्यालय (ओएलपीई) को प्रमुख पदबाट हट्ने घोषणा गरेका हुन् ।
उनले राष्ट्रिय न्याय बोर्ड (जेएनजे) लाई लेखेको पत्रमा केही राजनीतिज्ञहरूले आरोप लगाएझैँ कुनै अनियमितता नभएको दाबी गरेका छन् । तर सार्वजनिक विश्वास बढाउने उद्देश्यले विशेष गरी जुन ७ मा हुने सम्भावित दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनअघि आफूले पद छोड्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।
अप्रिल १२ मा भएको पहिलो चरणको मतदान व्यवस्थापनसम्बन्धी समस्याले प्रभावित भएको थियो । । राजधानी लिमालगायत क्षेत्रमा मतदानको समय समेत लम्ब्याउनु परेको थियो । निर्वाचन पर्यवेक्षकहरूले प्रक्रिया सञ्चालनमा कमजोरी स्वीकारे पनि ठोस रूपमा धाँधली भएको प्रमाण नभएको बताएका छन् । अन्तिम नतिजा मे १५ भित्र सार्वजनिक गरिने र शीर्ष दुई उम्मेदवार दोस्रो चरणमा पुग्ने बताइएको छ ।
हालसम्म करिब १७ प्रतिशत मतसहित दक्षिणपन्थी नेतृ केइको फुजिमोरी अग्रस्थानमा छिन् र रन अफमा पुग्ने सम्भावना बलियो देखिएको छ । तर उनको प्रतिस्पर्धी को हुने भन्ने अझै स्पष्ट छैन ।
वामपन्थी सांसद रोबर्टो साञ्चेज र लिमाका पूर्व दक्षिणपन्थी मेयर राफेल लोपेज अलियागाबिच कडा प्रतिस्पर्धा देखिएको छ । जहाँ उनीहरूले क्रमशः करिब १२ प्रतिशत र ११ दशमलव ९ प्रतिशत मत पाएका छन् ।
पहिलो चरणको अव्यवस्थित मतदानले देशको राजनीतिक प्रणालीप्रति असन्तुष्टि अझ बढाउन सक्ने चिन्ता व्यक्त गरिएको छ । यसअघि गरिएको सर्वेक्षणअनुसार करिब ६८ प्रतिशत पेरुभियन नागरिकले निर्वाचन निकायप्रति कम वा शून्य विश्वास रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण