प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल
सारांश
- गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन्।
- शान्ति सुरक्षा र सुशासनको विषयमा छलफल केन्द्रित रहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ।
- यसअघि हिजो मन्त्री गुरुङले सुरक्षा प्रमुखहरूसँग लामो समय छलफल गरेका थिए।
काठमाडौँ । हिजोराति अबेरसम्म सुरक्षा प्रमुखहरूसँग छलफल गरेका गृहमन्त्री सुधन गुरुङले आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग छलफल गर्न पुगेका छन् ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
‘करिब २० मिनेटयता दुई जनाबिच छलफल भइरहेको छ’,मन्त्री गुरुङका एक सहयोगीले भने, ‘हामीलाई ठ्याक्कै छलफलको विषय त थाहा हुने कुरा भएन तर शान्ति सुरक्षा र सुशासनकै सवालमा छलफल भएको हुनुपर्छ ।’
यसअघि हिजो मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।
बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै मन्त्री गुरुङको आलोचना भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण