५ बुँदे मागसहित शुक्लाफाँटा आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
सारांश
- शुक्लाफाँटा आरक्ष पीडितहरूले ५ बुँदे माग राख्दै कञ्चनपुरमा अर्धनग्न प्रदर्शन गरेका छन्।
- पीडितहरूले २४ वर्षदेखि पुनर्स्थापना, जग्गा प्राप्ति र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन्।
- माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी संघर्ष समितिले दिएको छ।
कञ्चनपुर । शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समितिले बुधबार आफ्ना ५ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य गेट अगाडि अर्धनग्न प्रदर्शन गरेको छ। विगत २४ वर्षदेखि पुनर्स्थापनाको पर्खाइमा रहेका पीडितहरूले सरकारले आफ्ना समस्याप्रति बेवास्ता गरेको भन्दै विरोधस्वरूप शरीरको माथिल्लो भागको कपडा खोलेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका पीडितहरूले प्रत्येक परिवारलाई कम्तीमा १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने तथा विगत २४ वर्षदेखिको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने मुख्य माग अघि सारेका छन्।
संघर्ष समितिले आफूहरूलाई ुद्वन्द्व पीडितु घोषणा गर्नुपर्ने, आरक्ष पीडितहरूको पहिचानका लागि छुट्टै वडा कायम गर्नुपर्ने र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरूको राज्यले निःशुल्क ग्यारेन्टी गर्नुपर्ने माग समेत गरेको छ।
साथै लामो समयसम्म पनि उचित मुआब्जा र जमिन नपाउँदा आफूहरूको बिचल्ली भएको भन्दै पीडितहरूले यसपटक माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण