एमालेले चुनावमा खाएको धक्का चानचुने छैन, तर स्थापित हुन्छौँ : विष्णु पौडेल
सारांश
- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजय सामान्य नभएको बताएका छन्।
- उनले पार्टीको आन्तरिक एकता कायम राख्दै चुनावी हारको गम्भीर समीक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।
- पौडेलले पार्टी पुनर्गठन गरी नयाँ शिराबाट आन्दोलनलाई अघि बढाउने र जनतामाझ स्थापित हुने दाबी गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत निर्वाचनमा पार्टीले खाएको धक्का र हार चानचुने नभएको बताएका छन् ।
बुधबार पार्टी स्थापना दिवसका अवसरमा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले चुनावपछि पार्टीमा चिन्ता र निराशा छाएपनि पार्टी पुनर्गठन गरेर फेरि पनि एमाले जनतामाझ स्थापित हुने बताएका हुन् ।
‘चुनावमा हामी पराजित भएका छौँ, अब धुलो टकटक्याएर उठ्न सक्छौ कि सक्दैनौ ?’ पौडेलले भने,‘म आत्मविश्वासका साथ भन्छु हामी यो आन्दोलन नयाँ ढङ्गले उठाउने छौँ र पार्टीलाई सुदृढ तुल्याउँदै पुनर्गठित गर्नेछौँ ।’ उपाध्यक्ष पौडेलले चुनावमा खाएको धक्का चानचुने नभएको भन्दै तर यो धक्काबाट पाठ सिकेर अगाडी बढ्न सकिने बताए ।
‘त्यसका लागि अव हामी दुई वटा काम गर्नेछौँ । पहिलो पार्टीको आन्तरिक एकतालाई कमजोर हुन दिनेछैनौँ । दोस्रो हाम्रो यात्राको गम्भीर समीक्षा गर्नेछौँ’, पौडेलले भने, ‘२०७२ देखि २०८२ को समीक्षा गर्दा यही बिचमा झण्डै दुई तिहाइ र झण्डै दुई तिहाइ बहुमतको सरकार बनाएका छौ । तर अहिले किन धक्का र असफलता खायौ यसको बाह्य, आन्तरिक र पार्टीका कमजोरीको समीक्षा गर्नेछौँ ।’
एमाले रूपान्तरण गरेर जनताको आलोचना स्वीकार गरेर जनताका माझमा फेरि फर्कने भन्दै उनले पुनर्गठित एमालेले मात्र आजका चुनौती चिर्न सक्ने बताए । पौडेलले अहिले खाएको पराजयलाई सामना गर्न सक्ने सामर्थ्य रहेको भन्दै फेरि नयाँ शिराबाट आन्दोलनलाई उठाएर एमालेकै नेतृत्वमा समाजवादको यात्रा अघि बढाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण