इरानद्वारा इजरायली जासुस भएको आरोपमा परमाणु ऊर्जा संस्थाका पूर्वकर्मचारीलाई मृत्युदण्ड
काठमाडौँ । इरानले बुधबार इजरायली गुप्तचर निकाय मोसादका लागि जासुसी गरेको अभियोगमा मेहदी फरिदलाई मृत्युदण्ड दिएको छ। इरानी न्यायपालिकाको आधिकारिक समाचार एजेन्सी मिजानका अनुसार फरिद इरानको आणविक ऊर्जा संस्थाका पूर्वकर्मचारी थिए।
उनले मोसादका अधिकारीहरूको निर्देशनमा एक संवेदनशील रक्षा–सम्बन्धित संस्थाको आन्तरिक नेटवर्कमा मालवेयर वा भाइरस फैलाउने प्रयास गरेको र यूएसबी उपकरणहरू पटक–पटक जडान गरेर बाह्य व्यक्तिहरूलाई उक्त प्रणालीमा पहुँच दिएको दाबी गरिएको छ।
मिजानका अनुसार फरिदले इजरायली पक्षलाई इरानी संस्थाको संगठनात्मक संरचना, भवनहरूको अवस्थिति, सुरक्षा अवस्था र कर्मचारीहरूको पहिचानसम्बन्धी गोप्य सूचनाहरू उपलब्ध गराएका थिए।
यद्यपि ती सूचनासँग सम्बन्धित कागजात र संस्थाको नाम भने गोप्य राखिएको छ। मानवअधिकारवादी संस्थाहरूले भने यो मृत्युदण्डको तीव्र आलोचना गरेका छन्। उनीहरूले फरिदको मुद्दामा पारदर्शी सुनुवाइ नभएको, उनलाई स्वतन्त्र कानुनी सल्लाहकार राख्न नदिइएको र जबरजस्ती बयान दिन लगाइएको आरोप लगाएका छन्।
सन् २०२२ मा पक्राउ परेर एभिन जेलमा राखिएका फरिदलाई सुरुमा अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो। तर सरकारी वकिलले उक्त फैसलामा असन्तुष्टि जनाउँदै पुनरावेदन गरेपछि सजायलाई मृत्युदण्डमा बदलिएको थियो।
पछिल्लो समय इरानमा मृत्युदण्डको दरमा ठूलो वृद्धि भएको छ। मानवअधिकार प्रतिवेदनहरूका अनुसार सन् २०२५ मा मात्रै इरानले कम्तीमा १,६३९ जनालाई मृत्युदण्ड दिएको थियो, जुन सन् १९८९ पछिकै उच्च संख्या हो।
सन् २०२४ को तुलनामा मृत्युदण्डको यो संख्या ६८ प्रतिशतले बढेको देखिन्छ। विशेष गरी सन् २०२५ को जुन महिनामा इजरायल र इरानबिच भएको १२ दिने द्वन्द्वपछि मोसादसँग मिलेमतो गरेको आरोपमा मृत्युदण्ड दिने क्रम तीव्र पारिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण