शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

गलत लिखत प्रकरणमा मालपोतका दुई कर्मचारीसहित तीनजनालाई कैद सजाय

बिहीबार, १० वैशाख २०८३, ०९ : ३६
बिहीबार, १० वैशाख २०८३

सारांश

  • विशेष अदालतले गलत लिखत तयार गरेको अभियोगमा महोत्तरीको मालपोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ।
  • अदालतले नासु साह, कम्प्युटर अपरेटर सिंह र राजीव कुमार ठाकुरलाई जनही ३ महिना कैद र जरिवानाको फैसला गरेको हो।

जनकपुरधाम । विशेष अदालतले गलत लिखत तयार गरेको अभियोगमा महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारीसहित तीनजनालाई कैद तथा जरिवानाको फैसला गरेको छ।

बुधबार विशेष अदालतले ०८० साउनमा साविक इटरहर्वाकट्टीको ५ कठ्ठा १२ धुर जग्गा राजीव कुमार ठाकुरको नाममा कम्प्युटर प्रणालीमार्फत स्रेस्ता अद्यावधिक गरिएको प्रकरणमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।

करिब तीन महिनाअघि दायर मुद्दामा अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फैसला गरेको हो। अदालतले नासु साहलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तथा कम्प्युटर अपरेटर सिंहलाई ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको छ। सोही प्रकरणमा संलग्न ठाकुरलाई पनि समान सजाय सुनाइएको छ।

यसैगरी, अदालतले तीनै जना प्रतिवादीबाट जनही १ हजार ६ सय रुपैयाँका दरले पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बुझाउनुपर्ने व्यवस्था समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप