इजरायल र लेबनानबिच वासिङ्टनमा दोस्रो चरणको वार्ता हुँदै
सारांश
- इजरायल र लेबनानबिच जारी तनाव कम गर्ने उद्देश्यले वासिङ्टन डीसीमा दोस्रो चरणको वार्ता सुरु हुँदैछ।
- छलफलमा १० दिने युद्धविरामलाई लम्ब्याउने र युद्धको दीर्घकालीन समाधान खोज्ने विषयमा केन्द्रित रहने बताइएको छ।
वासिङ्टन डीसी । इजरायल र लेबनानबिच जारी तनाव कम गर्ने उद्देश्यले बिहीबार वासिङ्टन डीसीमा दोस्रो चरणको वार्ता हुँदैछ । दुवै देशका प्रतिनिधिहरूबिच भइरहेको छलफलले हाल लागू भइरहेको १० दिने युद्धविरामलाई थप लम्ब्याउने सम्भावना रहेको बताइएको छ ।
लेबनानका राष्ट्रपति जोसेफ आउनका अनुसार वार्ताको मुख्य एजेन्डामा इजरायली आक्रमण पूर्ण रूपमा रोक्ने, लेबनानको भूमिबाट इजरायली सेना फिर्ता गर्ने, बन्दीहरूको रिहाइ, अन्तर्राष्ट्रिय सीमासम्म लेबनानी सेनाको तैनाथी र युद्धका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने विषयहरू समावेश छन् ।
यसअघि भएको पहिलो चरणको वार्ताबाट अप्रिल १६ तारिख साँझदेखि लागू हुनेगरी १० दिने अस्थायी युद्धविराम घोषणा गरिएको थियो । अहिलेको वार्ता सोही सहमतिको निरन्तरता र दीर्घकालीन समाधान खोज्ने दिशामा केन्द्रित रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण