कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ
बिहीबार, १० वैशाख २०८३, १३ : १९
सारांश
- काठमाडौँको कलङ्कीबाट स्रोत नखुलेको ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा बाराका सचिन्द्र पण्डित र रौतहटका राजीव ठाकुर रहेका छन्।
- कालिमाटी प्रहरी वृत्तले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँमा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण