४५ प्रतिशत छुटमा खेलवाड भए सशक्त आन्दोलन गर्ने अखिल क्रान्तिकारीको चेतावनी
सारांश
- अखिल (क्रान्तिकारी) ले विद्यार्थीलाई सार्वजनिक सवारीमा दिइने ४५ प्रतिशत भाडा छुट तत्काल कार्यान्वयन गर्न माग गरेको छ।
- यातायात व्यवसायीले छुट दिने विषयमा गरेको विरोधप्रति सङ्गठनले गम्भीर आपत्ति जनाएको छ।
- सरकारले तोकेको छुट कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी सङ्गठनले दिएको छ।
काठमाडौँ । सार्वजनिक सवारीमा विद्यार्थीलाई दिँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनमा अन्योल देखिएपछि अखिल (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ। संगठनले आज जारी गरेको विज्ञप्तिमा सरकारले विद्यार्थीलाई दिँदै आएको ४५ प्रतिशत सवारी भाडा छुट तुरुन्त कार्यान्वयन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले हालै सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ। तर सोही विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अभिव्यक्तिले कार्यान्वयनमा अन्योल थपिएको भन्दै विद्यार्थी सङ्गठन आक्रोशित बनेको छ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठले विद्यार्थीलाई दिइने छुट कुनै दया नभई विगतका सङ्घर्षबाट प्राप्त अधिकार भएको स्पष्ट पारे । ‘४५ प्रतिशत छुट नदिने निर्णय विद्यार्थी विरोधी मात्र होइन, आन्दोलनलाई निम्तो दिने कदम हो,’ श्रेष्ठले भने ।
विज्ञप्तिमा सरकार र व्यवसायी पक्षबिच भएका पुराना सहमति कार्यान्वयन गर्न माग गर्दै तुरुन्त छुट लागू गर्न जोड दिइएको छ। साथै, व्यवसायी महासङ्घले आफ्नो निर्णय फिर्ता लिनुपर्ने माग पनि गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण