प्रदेश सभा सचिवालयका लागि चार वटा गाडी खरिद गरिने
सारांश
- गण्डकी प्रदेश सभा सचिवालयका लागि चार वटा नयाँ गाडी खरिद गर्न प्रदेश सरकारले चार करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।
- प्रदेश सरकारले संक्रामक रोगहरूको रोकथाम र उपचारका लागि पाँच करोड रुपैयाँको आपत्कालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय गरेको छ।
- क्यान्सरलगायतका गम्भीर रोगबाट पीडित एक सय ९७ जना बिरामीलाई एक करोड ७५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिने भएको छ।
पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका लागि चार वटा गाडी खरिद गरिने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गाडी खरिदका लागि बजेट स्वीकृत गरेको छ।
जेनजी आन्दोलनका क्रममा संसद् सचिवालयका सबैजसो गाडी जलेर नष्ट भएको थियो । अहिले सभामुख, उपसभामुख सहित पदाधिकारीहरूले गाडी पाएका छैनन् । जसका कारण दैनिक कामकाजमा समेत असर परेको भन्दै सरकारले गाडी खरिदको लागि बाटो खोलिदिएको हो ।
गाडी खरिदका लागि चार करोड रुपैयाँको सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी खरिदका लागि जोड दिइएको छ ।
‘निर्णय नै गरिएको त छैन । तर अब खरिद हुने गाडीहरू विद्युतीय हुनुपर्छ भनेर क्याबिनेटमा कुरा चलेको छ,’ उनले भने, ‘सम्भवतः यी गाडी पनि विद्युतीय हुनेछन् ।’ बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आपत्कालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय गरेको छ । संक्रामक रोग नियन्त्रण र उपचारका लागि ५ करोड रुपैयाँको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको शेरचनले बताए ।
केही समयअघि बागलुङमा फैलिएको दादुरा महामारी नियन्त्रणमा बजेट अभाव भएको घटनापछि सराकारले सबै खाले संक्रामक रोग उपचारका लागि छुट्टै कोष बनाउने निर्णय गरेको हो । त्यसका लागि आपत्कालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि पनि स्वीकृत गरेको छ । कार्यविधि अनुसार ५३ प्रकारका सरुवा रोगको रोकथाम र उपचारका लागि अब बजेट अभाव नहुने सरकारको दाबी छ ।
यसबाहेक, प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी व्यवस्था गर्न विधेयकको अवधारणा स्वीकृत गरिएको छ । यसले कर्मचारीको अवकाशपछिको जीवनलाई व्यवस्थित बनाउने शेरचनले बताए । क्यान्सरलगायत गम्भीर प्रकृतिका बिरामीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको उनले जानकारी दिए।
१ सय ९७ जना बिरामीका लागि सहायताको निर्णय गरिएको हो । १ करोड ७५ लाख रुपैयाँ सहयोग दिइने निर्णय गरिएको उनले बताए । यसमा सबैभन्दा धेरै १ सय ६८ जना क्यान्सरका बिरामी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीसँग भेट्ने ट्रम्पको घोषणा, रुसलाई शान्ति सम्झौतामा आउन आग्रह
-
भारतमा अब डाक्टरको प्रेस्क्रिप्सनबिना कफ सिरप किन्न नपाइने
-
यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ
-
चितवनको दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते
-
रूसी तेल प्रशोधदन केन्द्रमा युक्रेनी आक्रमण
-
विश्वकपमा स्पेनको खराब रेकर्ड : २,५०० पास तर गोल शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण