सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एन्फाको स्वायत्तताबारे निर्णय फिर्ता लिन राखेपलाई फिफा र एएफसीको आग्रह

बिहीबार, १० वैशाख २०८३, १५ : ४०
बिहीबार, १० वैशाख २०८३

सारांश

  • फिफा र एएफसीले एन्फाको स्वायत्ततामाथि हस्तक्षेप भन्दै राखेपको निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
  • राखेपको निर्णयले एन्फाको निर्वाचन प्रक्रिया र विधान संशोधनमा असर पारेको भन्दै अन्तर्राष्ट्रिय निकायले चासो व्यक्त गरेका छन्।

काठमाडौँ । विश्व फुटर महासंघ (फिफा) र एसियाली फुटबल संघ (एफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया र विधानसम्बन्धी विषयमा राखेपबाट भएको निर्णयप्रति गम्भीर चासो व्यक्त गरेकफो छ । 

साथै उक्त निर्णय भित्र फिर्ता लिन आग्रह गरेका छन् ।

फिफा र एएफसीले एन्फाका महासचिव किरण राईलाई पठाएको संयुक्त पत्रमा १३ अप्रिल २०२६ मा राखेप, एन्फा, एएफसी र फिफाबिच भएको अनलाइन बैठक तथा राखेपको १३ अप्रिलको पत्राचारलाई सन्दर्भका रूपमा उल्लेख गर्दै एन्फाको वर्तमान अवस्थाबारे भएको खुला र रचनात्मक छलफलको प्रशंसा पनि गरेको छ । साथै सबै पक्षबिचको संवादलाई सकारात्मक पक्ष भनेको छ । 

तर, राखेपले २०२६ मार्थ २५ मा गरेको निर्णयले एन्फाको स्वायत्तता र गतिविधिहरूमा ठुलो असर पारेको जनाएको छ । 

उक्न निर्णयले एन्फाको जारी निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूलाई आफ्ना विधान संशोधन गरी चुनावी साधारण सभा गर्न निर्देशन दिएको थियो । त्यसलाई  फिफा र एएफसीले एन्फाको स्वायत्ततामाथि 'तेस्रो पक्षीय हस्तक्षेप' मानेको छ । 

पत्रमा अन्तर्राष्ट्रिय फुटबल महासंघका सदस्य संस्थाहरू स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने प्रावधान उल्लेख गर्दै राखेपको निर्णय फिफा र एएफसीका नियम तथा सदस्य संघका रूपमा एन्फाले पालना गर्नुपर्ने दायित्वविपरीत रहेको ठहर गरेको छ । त्यसैले उक्त निर्णय पुनर्विचार गरी २०२६ मे ४ भित्र फिर्ता लिन उनीहरूले आग्रह गरेका हुन् । 

निर्णय फिर्ता भएपछि सबै सरोकारवाला पक्षबिच साझा सहमतिमा समाधान खोज्न आफूहरू रचनात्मक संवादका लागि तयार रहेको पनि फिफा र एएफसीले स्पष्ट पारेका छन् । साथै यसबारे थप जानकारी गराइराख्न एन्फासँग अनुरोध पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप