आवासीय चिकित्सकलाई होस्टेल अनिवार्य गर्ने र प्रमाणपत्र कब्जा गर्ने कार्य तत्काल रोक्न चेतावनी
सारांश
- नेपाल चिकित्सक सङ्घले नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूमाथि लादेको कडा र अपमानजनक नियमहरूको गम्भीर विरोध गरेको छ।
- कलेज प्रशासनले चिकित्सकहरूलाई अनिवार्य होस्टेलमा बस्न बाध्य पारेको र शैक्षिक प्रमाणपत्र नियन्त्रणमा लिएको घटना बाहिर आएको छ।
- सङ्घले चिकित्सकहरूको आत्मसम्मान र स्वतन्त्रता हनन गर्ने यी निर्णयहरू अविलम्ब फिर्ता लिन कलेजलाई चेतावनी दिएको छ।
काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूमाथि कडा र अपमानजनक नियमहरू लादेको भन्दै नेपाल चिकित्सक सङ्घले गम्भीर आपत्ति जनाएको छ। कलेज प्रशासनले चिकित्सकहरूको व्यक्तिगत स्वतन्त्रता र पेसागत मर्यादामा आँच पुर्याउने कार्य गरेको भन्दै सङ्घले ती निर्णयहरू अविलम्ब फिर्ता लिन चेतावनी दिएको हो।
सङ्घका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिअनुसार, नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूका लागि आवास, खाना र इन्टरनेट बापतको शुल्क वार्षिक रूपमा बुझाउन अनिवार्य गरेको छ।
चिकित्सकहरूलाई उनीहरूको इच्छा विपरीत अनिवार्य होस्टेल बस्न बाध्य पारिएको र भर्नाका क्रममा चिकित्सकहरूका सक्कल प्रमाणपत्रसमेत कलेजले आफ्नो नियन्त्रणमा राखेको तथ्य बाहिर आएको छ।
यति मात्र नभई, कलेजले चिकित्सकहरूलाई दिनमा चार पटकसम्म हाजिर गर्न बाध्य पारेर मानसिक दबाब दिने गरेको गुनासो सङ्घमा पुगेको छ।
सङ्घले यी कार्यहरूलाई चिकित्सकहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रताको हनन भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। ‘चिकित्सक जस्तो जिम्मेवार पेसाकर्मीलाई चौबीसै घण्टा निगरानीमा राख्ने र उनीहरूको शैक्षिक कागजात कब्जा गर्ने कार्य कुनै पनि अर्थमा न्यायोचित हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाल चिकित्सक सङ्घले कलेज प्रशासनलाई आफ्ना गलत निर्णयहरू तत्काल सच्याउन र चिकित्सकहरूलाई मर्यादित वातावरणमा काम गर्ने सुनिश्चितता प्रदान गर्न जोडदार माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण