ढोरपाटनमा हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता
बागलुङ । ढोरपाटनमा आजदेखि हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण तथा प्रतियोगिता सुरु भएको छ। नेपाल हाप्किडो सङ्घको स्वीकृतिमा गण्डकी प्रदेश हाप्किडो सङ्घले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सातै प्रदेशबाट प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद र पर्यटनलाई सँगसँगै अगाडि बढाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताइन्। उनले ढोरपाटन जस्तो प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र खेलकुद गतिविधिका लागि समेत उपयुक्त रहेको उल्लेख गरिन् ।
नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडो खेलको विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन यस्ता प्रशिक्षण र प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष तारा माया थापा, प्रदेश खेलकुद परिषद् गण्डकीका बोर्ड सदस्य खिम पुन मगर र सीता गुरुङ, सङ्घका केन्द्रीय सदस्यहरू राजेन्द्र मडै र थम प्रकाश छन्त्याल, केन्द्रीय प्रमुख प्रशिक्षक प्रवीण गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा गण्डकी प्रदेश हाप्किडो सङ्घका अध्यक्ष खेम बहादुर गुरुङ, उपाध्यक्ष खरमाया बिटालु लगायतले बोलेका थिए ।
प्रतियोगिताबाट आगामी सन् २०२६ जुन २३ देखि २९ सम्म दुबईमा आयोजना हुने ब्रिक्स प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनोट गरिने सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनविरुद्ध नायक बनेका केप भर्डेका ४० वर्षीय गोलरक्षक
-
सांसद वासना थापाको माग: 'मेरा कुरा मन्त्रीलाई नै सुनाउने हो, उहाँलाई उपस्थित गराइयोस्'
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण