सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

लोकतन्त्रको विकल्प अझ सुदृढ र जनमुखी लोकतन्त्र नै हो : सभापति थापा

शुक्रबार, ११ वैशाख २०८३, ०८ : ३०
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रका उपलब्धिहरूलाई जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले लोकतन्त्रको विकल्प खोज्नुभन्दा त्यसलाई अझ सुदृढ, उत्तरदायी र जनमुखी बनाउनु नै आजको आवश्यकता भएको बताएका छन्।
  • थापाले संविधानको मर्मअनुसार सुशासन र विकासमार्फत जनताको विश्वास जित्नुपर्ने उल्लेख गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नराखी जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले प्राप्त उपलब्धिहरूलाई जनताले आफ्नै जीवनमा महसुस गर्न सक्ने व्यवस्था बनाउनु नै सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

वर्तमान समयमा जनताका अपेक्षा र उपलब्धिबिचको दूरी बढ्दै गएको प्रति चासो व्यक्त गर्दै थापाले भनेका छन् , 'आजको यथार्थमा अपेक्षा र उपलब्धिबिचको दूरी घटाउन नसकिएको गुनासो छ। तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो।'

थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु नै आजको मुख्य आवश्यकता रहेको बताए । उनले लोकतन्त्रलाई अझ बढी जिम्मेवार र जनमुखी बनाउनुपर्नेमा जोड दिँदै सम्पूर्ण नागरिकहरूमा लोकतन्त्र दिवसको शुभकामना समेत व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप