सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुर अर्थ मन्त्रालय तानिए

शुक्रबार, ११ वैशाख २०८३, ०८ : ५८
शुक्रबार, ११ वैशाख २०८३

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिएका छन् । उनलाई बिहीबार मन्त्रालय तानिएको र हाल कुनै जिम्मेवारी नतोकिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । 

बिचौलिया दीपक भट्टको स्टार माइक्रो इन्स्योरेन्समा श्रीमतीको नाममा शेयर भेटिएपछि उनी विवादमा मुछिएका थिए । 

ठाकुरले भने बैंक ऋण र सञ्चय कोषमार्फत कानुनी रूपमै सो लगानी गरिएको दाबी गर्दै आएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप