सेना र नेतृत्वविरुद्ध दुष्प्रचार गर्नेलाई कारबाहीको चेतावनी
सारांश
- नेपाली सेनाले आफ्नो संस्था र नेतृत्वविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- सेनाले तथ्यहीन सामग्री फैलाउने अराजक गतिविधिमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
- आम नागरिकलाई सेनाको आधिकारिक स्रोतबाट मात्र सूचना लिन र भ्रामक समाचारको पछि नलाग्न आग्रह गरिएको छ।
काठमाडौं । नेपाली सेनाले विगत केही समयदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सेना तथा सैनिक नेतृत्वलाई जोडेर सम्प्रेषण भइरहेका सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जङ्गी अड्डाले शुक्रबार एक अपिल जारी गर्दै सेनाको विरुद्धमा फैलाइएका तथ्यहीन र कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएको हो।
सेना र यसको नेतृत्वलाई लिएर भइरहेका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको उल्लेख गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने स्पष्ट पारेको छ।
आधारहीन र द्वेषपूर्ण समाचार तथा टिका-टिप्पणीहरूले संस्थाको मर्यादामा आँच पुऱ्याउने हुँदा त्यस्ता भ्रामक सामग्रीलाई विश्वास नगर्न समेत सेनाले सर्वसाधारणलाई आग्रह गरेको छ।
आधिकारिक सूचनाका लागि नेपाली सेनाले आफ्नै प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटलाई मात्र आधार मान्न सुझाएको छ। साथै, कुनै पनि विषयमा थप स्पष्ट हुन परेमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण