सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

राप्रपामा फेरि अर्को कारबाही, दुई नेत्री निलम्बित

शुक्रबार, ११ वैशाख २०८३, १८ : २४
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्णय र हित विपरीत कार्य गरेको भन्दै दुई नेत्रीलाई निलम्बन गरेको छ।
  • अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको सिफारिसमा नानीमैयाँ आचार्य र चम्पा अधिकारीलाई निलम्बन गरेका हुन्।
  • पार्टीले आजै केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पनि पदमुक्त गरेको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले दुई नेत्रीलाई निलम्बन गरेको छ। पार्टीको विधानको धारा ३२(ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य(नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी सचिव चम्पा अधिकारी (चाहना अधिकारी, काठमाडाैँ)लाई शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका हुन् । 

पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गरेकाले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार निलम्बन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

आजै केन्द्रीय सदस्य रञ्जन कार्की पनि पदमुक्त भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप