सहकर्मीको प्रमोसन सहन नसक्दा विष : च्याटजिपिटीको सहयोगमा हत्या प्रयास गर्ने पक्राउ
सारांश
- अमेरिकाको विस्कन्सिन विश्वविद्यालयमा सहकर्मीको पदोन्नतिबाट रुष्ट भई एक ल्याब कामदारले विष प्रयोग गरी हत्याको प्रयास गरेका छन्।
- आरोपित माकोतो कुरोदाले च्याटजिपिटीको सहयोगमा घातक रसायनको मात्रा पत्ता लगाई सहकर्मीको पानीको बोतल र जुत्तामा मिसाएको स्वीकार गरेका छन्।
- प्रहरीले कुरोदालाई सुरक्षामा लापरबाही र ज्यान लिने नियतले विष मिसाएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
विस्कन्सिन । डाह र इर्ष्याले मानिसलाई कतिसम्म निच कार्य गर्न उक्साउँछ भन्ने एउटा उदाहरण अमेरिकाको विस्कन्सिन विश्वविद्यालयमा देखिएको छ। आफ्नो सहकर्मीले पाएको पदोन्नतिबाट रुष्ट बनेका एक ल्याब कामदारले विष प्रयोग गरी सहकर्मीको ज्यान लिने प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।
विश्वविद्यालयको इन्फ्लुएन्जा रिसर्च इन्स्टिच्युटमा कार्यरत माकोतो कुरोदाले आफ्नै निकटतम् सहकर्मी टीएम (परिवर्तित नाम) को पानीको बोतल र जुत्तामा घातक रसायन मिसाएको स्वीकार गरेका छन्। जापानी मूलका कुरोदाले बोतलमा प्याराफर्मल्डिहाइड र क्लोरोफर्म मिसाएका थिए।
गत अप्रिल ४ मा पीडितले आफ्नो डेस्कमा रहेको बोतलको पानी पिउन खोज्दा स्वाद अलि अनौठो पाएपछि तुरुन्तै थुकेका थिए। पछि ल्याबकै अन्य साथीहरूले पनि उक्त बोतलबाट नराम्रो गन्ध आइरहेको पुष्टि गरे।
त्यसको केही दिनपछि पीडितले आफ्नो ल्याबमा लगाउने जुत्ताबाट पनि कडा गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। परीक्षणका क्रममा पानीको बोतल र जुत्तामा क्लोरोफर्मको मात्रा यति धेरै पाइयो कि परीक्षण गर्ने स्ट्रिपहरूले समेत सही नतिजा दिन सकेनन्।
प्रहरी अनुसन्धानका क्रममा कुरोदाले अचम्म लाग्दो बयान दिएका छन्। उनले आफ्नो अपराध स्वीकार गर्दै यो सबै योजना बुन्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स च्याटजिपिटीको सहयोग लिएको बताएका छन्। उनले कति मात्रामा रसायन मिसाउँदा मानिस बिरामी पर्न सक्छ भन्ने जानकारी च्याटजिपिटीबाट खोजेको स्वीकार गरे।
उनले सहकर्मीले ल्याबको नियम पालना नगरेको र आफूले नपाएको पदोन्नति ती सहकर्मीले पाएकाले आफू निकै आक्रोशित भएको बताए। कुरोदाले प्रहरीलाई भने, ‘खराब मान्छेलाई खराबै हुन्छ, म उनलाई बिरामी पार्न चाहन्थेँ।’
सन् २०१७ देखि सँगै काम गर्दै आएका यी दुई सहकर्मीबिच सुरुमा राम्रो सम्बन्ध भए पनि समयसँगै खटपट सुरु भएको थियो। हाल कुरोदामाथि सुरक्षामा लापरबाही गरेको र ज्यान लिने नियतले घरेलु सामग्रीमा विष मिसाएको जस्ता गम्भीर आरोपहरू लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण