एफए कप
उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
आइतबार, १३ वैशाख २०८३, ०० : ४३
सारांश
- म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै एफए कपको फाइनलमा प्रवेश गरेको छ।
- खेलको ७९ औँ मिनेटमा पछि परेको सिटीले खेलको अन्तिम समयमा दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको हो।
काठमाडौँ । रोमाञ्चक सेमिफाइनलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटी लगातार चौथो पटक एफए कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ७९ औँ मिनेटमा फिन अजाजले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।
तर, सिटीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । ८२ औँ मिनेटमा जेरेमी डोकुले सिटीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि, खेलको ८७ औँ मिनेटमा निको गोन्जालेजले एक सानदार गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
यो हारसँगै साउथह्याम्पटनको एफए कप यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण