दलको नेतामा निर्वाचन लड्दिनँ : अर्जुननरसिंह केसी
आइतबार, १३ वैशाख २०८३, १३ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफू निर्वाचन नलड्ने बताएका छन् । उनले सहमतिमा नेता बनाउने भए वरिष्ठ र अनुभवका आधारमा दाबी राखेको तर, निर्वाचन भने नलड्ने बताए
‘म संसदीय दलको नेतामा निर्वाचन लड्दिनँ । म सांसद भएर आएपछि नै भन्दै आएको छु,’ केसीले रातोपाटीसँग भने, ‘मेरा कारणले दलको नेता चयन गर्न ढिलाइ भएको भनेर बाहिर ल्याउने काम भइरहेको छ । त्यो होइन । यस विषयमा मैले नेतृत्वलाई पहिला देखिनै भन्दै आएको छु ।’
उनले दलको नेतामा सहमति गर्दा निश्चित मापदण्ड बनाएर गर्न पनि नेतृत्वलाई आग्रह गरे । आफूले कर्णालीको महिला, युवा र प्रत्यक्ष निर्वाचित महिला वासना थापालाई दलको नेता बनाउने भए आफू प्रस्तावक बस्न तयार रहेको पनि केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण