नेपाल कबड्डी लिग : ६ टिमले लिए ८४ खेलाडी
सारांश
- नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का लागि ६ सहरका ६ टिमले ८४ खेलाडी आबद्ध गरेका छन् ।
- खेलाडी ड्राफ्टमा छनोट गरिएका १ सय ४२ जना नेपाली र ८० जना विदेशी खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरिएको थियो ।
- जेठ २२ गतेदेखि दशरथ रंगशालास्थित राखेप कभर्डहलमा हुने एनकेएल सिजन २ मा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी आबद्ध गरेका छन् । जसमा नेपाली खेलाडी ५४ छन् भने बिदेशीको संख्या ३० रहेको छ ।
राजधानीमा आयोजित प्लेयर्स ड्राफ्टमा छनोट गरिएका १ सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको थियो । बिदेशी खेलाडीतर्फ १४ देशका ८० खेलाडीलाई पनि तीनै क्याटगोरीमा राखिएको थियो । त्यसमध्ये पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो । प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा दिइएको थियो । बाँकी ७४ खेलाडी ड्रफ्टमार्फत् लिइएको हो ।
जेठ २२ गतेदेखि (जुन ५ तारिख) देखि दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दैछन् ।
सबै टिमले स्वदेशी ९ र बिदेशी ५ खेलाडी ड्राफ्टमार्फत् लिएर टिम तयार पारेका छन् । भारतीय खेलाडी कम्तीमा एक जना लिनैपर्ने व्यवस्था गरिएको थियो । टिममा कम्तीमा १२ र बढीमा १४ खेलाडी राख्न पाउने व्यवस्था छ । सबै टिमले १४ खेलाडीको टिम बनाएका छन् । एनकेएल २ खेल्ने ३० जना बिदेशी खेलाडी भारत, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, ताइवान र केन्याका हुन् । यसमा केही खेलाडी भारतको प्रो कबड्डी लिगका अनुभवी छन् ।
डिफेन्डिङ च्याम्पियन जनकपुरले अलराउन्डर राजु टमाटा र थाई रेइडर चायफोन कामुनीलाई रिटेन गर्यो भने काठमाडौं राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दियो । विराटनगरले सुशील चुनारा र सुरज बोहरा, पोखराले भुवन बोहरा र रविन कुँवर, बुटवलले नवीन देउवा र गणेश पार्की तथा धनगढीले प्रकाश गिरिलाई रिटेन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण