९ महिनामा एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड
सारांश
- बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड नाफा कमाएको छ ।
- यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३ करोड रुपैयाँ कम हो ।
- बैंकको नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम बढेका कारण नाफामा सामान्य गिरावट आएको छ ।
काठमाडौं । ९ महिनामा एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड नाफा कमाएको छ । बैंक प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण अनुसार बैंकले सो बराबरको नाफा कमाएको हो ।
यो नाफा गत वर्षको सोही समयको तुलनामा १३ करोड रुपैयाँ कम हो । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।बैंकको नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम बढेका कारण नाफामा सामान्य गिरावट आएको हो ।
बैंकले ९ महिनाको अवधिमा कर्जा विस्तारमा उल्लेख्य सुधार गरेको छ । असार मसान्तसम्म २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म २ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएको छ ।
यता बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत मात्रै छ । पुँजी पर्याप्तता अनुपात १२.८७ प्रतिशत हुँदा प्राथमिक पुँजी अनुपात ९.५८ प्रतिशत छ ।
एभरेष्ट बैंकको सीडी रेसियो ८५.८८ प्रतिशत, बेसरेट ४.५७ प्रतिशत, ब्याजदर स्प्रेड ३.१२ प्रतिशत र रिटर्न अन इक्विटी १३.५६ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ र ईपीएस ३२.३५ रुपैयाँ रहेको छ ।
बैंकको विवरण अनुसार बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको बैंकले यो नाफामध्ये १ अर्ब ७४ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्न सक्छ । यसअघिको सञ्चित नाफा समेत गर्दा ४ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण