को हुन् कांग्रेस संसदीय दल नेतामा निर्वाचित आङ्देम्बे ?
सारांश
- नेपाली कांग्रेसको प्रतिनिधि सभामा संसदीय दल नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत भएका छन् ।
- २०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती कोटामा सहमहामन्त्री निर्वाचित भएका आङ्देम्बेले प्रतिनिधि सभाको दोस्रो यात्रामा नै दलको नेता बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।
- आङदेम्बे २०२१ साल असोज १५ गते पाँचथरमा जन्मिएका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिनिधि सभामा संसदीय दल नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत भएका छन् ।
सोमबार संसदीय दलको बैठकमा निर्वाचन समितिका संयोजक पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले आङ्देम्बेलाई सर्वसम्मत दलको नेता भएको घोषणा गरेका हुन् ।
२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती कोटामा सहमहामन्त्री निर्वाचित भएका आङ्देम्बेले प्रतिनिधि सभाको दोस्रो यात्रामा नै दलको नेता बन्ने सौभाग्य प्राप्त गरेका हुन् । यसअघि उनी २०७० सालमा भएको दोस्रो प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभाको समेत काम गरे संविधानसभाको सदस्य बनेका थिए । त्यो बेला उनी प्रतिनिधि सभाको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समिति सभापति भएर काम गरेका थिए ।
०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यालनबाट उम्मेदवार बनेर सहमहामन्त्री जितेका आङ्देम्बे २०३६ सालमा भएको जनमत सङ्ग्रहदेखि निरन्तर कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका छन् ।
जनमत सङ्ग्रहमा कांग्रेसबाट बहुमतको पक्षमा उभिएका आङ्देम्बेले २०४२ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएका थिए । २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य भएर काम गरेका आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको उपाध्यक्ष बनेका थिए । कांग्रेसका ११, १२ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दै जिम्मेवारी निर्वाह गरेका आङदेम्बे १४ औँ महाधिवेशनबाट सहमहामन्त्री बने ।
आङ्देम्बे २०२१ साल असोज १५ गते पिता धनेन्द्रराज र माता डम्बरकुमारीको कोखबाट पाँचथरमा जन्मिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण