सांसद विश्वराजकाे अभिव्यक्तिबारे रवि : मालिक बन्ने ठाउँ रास्वपा होइन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मालिक बन्नेहरूका लागि रास्वपा उपयुक्त नभएको बताएका छन् ।
- ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले प्रधानाध्यापकलाई स्वागत नगरेको विषयमा थर्काएपछि र त्यसको आलोचना भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
- लामिछानेले आफूहरू मालिक नभई सेवक भएको र सबै सांसदहरूले यसलाई मध्यनजर राख्नुपर्ने बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मालिक बन्नेहरूका लागि रास्वपा उपयुक्त नभएको बताएका छन् । लामिछानेले रास्वपा सांसद विश्वराज पाेखरेललाई लक्षित गर्दै यस्ताे बताएका हुन् ।
ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले केही दिनअघि जिल्लाको एक पालिकामा प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको विषयमा थर्काएका थिए ।
प्रधानाध्यापकमाथि पोखरेलले देखाएको व्यवहारबारे सर्वत्र आलोचना भएपछि उनले क्षमा समेत मागेका थिए । त्यसै विषयमा सोमबार सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले भने,‘जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन । हामी मालिक होइनाैँ, सेवक हौँ । यो हेक्का सबैलाई हुनुपर्छ । मालिक हुन मन हुनेहरूको लागि अन्य कुनै ठाउँ होला ।’
यद्यपि उनले सार्वजनिक रूपमै क्षमा आइसकेको अवस्थामा अरू साथीहरूलाई पनि हेक्का रहोस् भनेर सचेत गराएका छन् । लामिछानेले आफूहरू मालिक हुन मन भएर नभई सेवक हुन राजनीतिमा आएको जिकिर समेत गरे ।
‘सबै साथीहरूले यसैलाई मध्यनजर गर्नुहोला । यस्ता खालका अभिव्यक्ति मानसपटलमा भए पनि अभिव्यक्त हुन सक्दैन’, उनले भने ।
यसैगरी सिन्धुलीमा प्रहरी हिरासतमै एक दलित व्यक्तिको मृत्यु भएको प्रकरणमा रास्वपा सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिलाई लिएर लामिछानेले पीडाको अभिव्यक्ति सुन्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण