गर्मीको समयमा कसरत गर्दै हुनुहुन्छ ? सावधान !
सारांश
- गर्मीमा कसरत गर्दा अत्यधिक पसिना आउने, डिहाइड्रेसन र हिटस्ट्रोकको जोखिम बढ्ने भएकाले सावधानी अपनाउनु पर्छ ।
- गर्मीमा व्यायाम गर्दा प्रशस्त पानी पिउनुका साथै नरिवल पानी, कागती पानी वा ओआरएस घोल पिउनु उपयुक्त हुन्छ ।
- बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चर्को घाममा कसरत नगर्नुहोस् र शरीरको संकेतलाई बुझेर कसरत रोक्नुपर्छ ।
काठमाडौँ । गर्मी सुरु भइसकेको छ । खपिनसक्नुको घाम र गर्मीमा फिट रहन गाह्रो हुन सक्छ । अत्यधिक गर्मीमा सावधानी अपनाइएन भने कसरत गर्नु जति लाभदायक हुन्छ, त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ ।
गर्मीमा व्यायाम गर्दा अत्यधिक पसिना आउँछ, जसले डिहाइड्रेसन र हिटस्ट्रोकको जोखिम बढाउँछ । यस मौसममा पनि आफ्नो फिटनेस दैनिकी यथावत् राख्न चाहनुहुन्छ भने तपाईँले आफ्नो बानीमा केही महत्त्वपूर्ण परिवर्तनहरू गर्न आवश्यक छ । यहाँ केही महत्त्वपूर्ण सुझावहरू छन्, जसले तपाईंलाई गर्मीमा सुरक्षित रूपमा कसरत गर्न मद्दत गर्नेछ ।
हाइड्रेसन
गर्मीमा पसिनाबाट शरीरले आवश्यक इलेक्ट्रोलाइटहरू गुमाउँछ । व्यायाम सुरु गर्नुभन्दा २०–३० मिनेटअघि कम्तीमा दुई गिलास पानी पिउनुहोस् । प्रत्येक १५–२० मिनेटमा पानी पिइरहनुहोस् । सादा पानीको अतिरिक्त, शरीरमा सोडियम र पोटासियम सन्तुलन कायम राख्न नरिवल पानी, कागती पानी, वा ओआरएस घोल पिउनुहोस् ।
सही समय
चर्काे घाममा कसरत गर्नाले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म व्यायाम नगर्नुहोस् । गर्मीमा व्यायाम गर्ने सबैभन्दा राम्रो समय बिहान, हावा अलि चिसो भएको बेला हो । बिहान कसरत गर्न तपाईंसँग समय हुन्न भने साँझ पनि कसरत गर्न सक्नुहुन्छ ।
सही कपडा
जिमको कसिलो पहिरनले गर्मीमा असुविधा निम्त्याउन सक्छ । सधैं खुकुलो फिटिङ भएको सुती वा ड्राई फिट हुने कपडा लगाउनुहोस्, जसले पसिना सोस्छ र हावा आउन दिन्छ । गाढा रंगले गर्मी सोस्छ, त्यसैले हल्का रंगको लुगा छनोट गर्नुहोस् ।
वार्म–अप र कुल–डाउन
गर्मीमा मांसपेशीमा चाँडै तनाव उत्पन्न हुन्छ । त्यसकारण, भारी तौल उठाउनु वा छिटो दौडनुको सट्टा १० मिनेट स्ट्रेचिङ र हल्का वार्म अप गर्नुहोस् । कसरत समाप्त हुनेबित्तिकै चिसो पानीले नुहाउनु हुँदैन । आफ्नो शरीरको तापक्रम सामान्य स्तरमा फर्कन दिनुहोस्, त्यसपछि मात्रै नुहाएर रिल्याक्स हुनुहोस् ।
आफ्नो शरीरको संकेतहरू चिन्नुहोस्
कसरत गर्ने हाम्रो आवेगमा हामी प्रायः शरीरले दिइरहेका चेतावनीलाई बेवास्ता गर्छाैं । तपाईँले चक्कर लाग्ने, गम्भीर टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर मांसपेशी दुख्ने, वा असामान्य रूपमा छिटो मुटुको धड्कन अनुभव गर्नु भयो भने कसरत तुरुन्तै रोक्नुहोस् र डाक्टरसँग परामर्श गर्नुहोस् ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण