शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘बा : एक योद्धा’ भदौ १९मा रिलिज हुने

मङ्गलबार, १५ वैशाख २०८३, १० : ०७
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • चलचित्र 'बा : एक योद्धा' आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
  • हरि लम्सालको निर्देशन रहेको फिल्मका निर्माता वसन्त लम्साल हुन् ।
  • यस फिल्ममा झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त मुख्य भूमिकामा छन् ।

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले वितरकहरूसँग भएको आपसी सहमति र सम्झौता अनुसार फिल्म भदौमा ल्याउन लागेको हो । 

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालको निर्देशन रहेको फिल्म ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए ।

गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको चलचित्रको निर्माण पक्षले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राख्दै आएको थियो । तर केही दिनअघि मात्र अभिनेत्री झरना थापा, उनकी छोरी सुहाना थापा र अभिनेता दिव्यदेव पन्त चलचित्रको मुख्य भूमिकामा रहेको जानकारी दिएको थियो ।

झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । वास्तविक जीवनका आमा–छोरी रहेका उनीहरु चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् । नेपाली परिवारमा बुवाको महत्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण फिल्मले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप