‘गौँथली’ आगामी साउन १ बाट प्रदर्शन हुने
काठमाडौँ । डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ आगामी साउन १ गते (जुलाई १७)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो ।
‘गौँथली’ नामबाट डा. भोला रिजालको कथामा झन्डै दुई दशकअघि निर्माण पनि फिल्म बनेको थियो । जसले प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो । अहिले फेरि सोही नामबाट फिल्म बनेको हो ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन् ।
‘गौँथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ । हरि हुमागाईंले खिचेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन् । डिजिटल अधिकार ‘ओएसआर डिजिटल’सँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति
-
पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड बजेट
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक : डा. मिश्र
-
सरकारले १० वर्षको कृषि अनुदान छानबिन गर्ने
-
किन एकाएक सुस्तायो मनसुन ? एल निनोभन्दा बाहिरका कारण पनि जिम्मेवार
-
राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, २०८३’ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण