शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
बजेट

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड बजेट

शुक्रबार, ०५ असार २०८३, १६ : ४९
शुक्रबार, ०५ असार २०८३

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । 

उपमेयर मन्जुदेवी गुरुङले शुक्रबार ७ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित बजेटमध्ये करिब ४५ प्रतिशत चालू र ५५ प्रतिशत पुँजीगत शीर्षकमा छुट्याइएको छ ।

पूरा बजेटमध्ये संघ सरकारले सशर्त अनुदानमा २ अर्ब ६१ करोड, विशेष अनुदान ५ करोड ५० लाख, समपुरकमा १ करोड ८२ लाख र समानीकरण अनुदानबाट ४९ करोड ३७ लाख प्राप्त गर्ने अनुमान छ । यस्तै, वित्तीय हस्तान्तरणको ३ अर्ब १८ करोड बजेट पोखराले प्राप्त गर्ने छ ।

प्रदेश सरकारबाट समपुरकमा ६० लाख, विशेषमा ४० लाख, समानीकरणमा ८ करोड १५ लाख र वित्तीय हस्तान्तरण शीर्षकमा ९ करोड १५ लाख प्राप्त गर्ने महानगरको अनुमान छ ।

यसबाहेक संघ सरकारबाट राजस्व बाँडफाँटमा ३४ करोड ३४ लाख र प्रदेशबाट ४ करोड ९ लाख पाउने प्रक्षेपण गरिएको छ ।  स्थानीय सरकार तर्फको राजस्व बाँडफाँटमा १ अर्ब ३१ लाख र आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख उठाउने अनुमान गरिएको छ ।

प्रस्तावित बजेटबाट ७२ करोड ४० लाख रुपैयाँ वडा कार्यालयबाट कार्यान्वयन हुने योजनामा छुट्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप