मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बबई आयोजनामा ढिलाइले वार्षिक २ अर्ब क्षति, 'अपरेसन सफल, बिरामीको मृत्यु' जस्तो भयो : सांसद साह

मङ्गलबार, १५ वैशाख २०८३, १२ : ४१
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • सांसद दीपक साहले बबई नदी डाइभर्सन आयोजनामा भइरहेको ढिलाइले वार्षिक २ अर्ब रुपैयाँको क्षति भएको बताएका छन् ।
  • आयोजना समयमै सम्पन्न नहुँदा करोडौँका उपकरणहरू प्रयोगविहीन भई बिग्रन थालेको सांसद साहले औंल्याए ।
  • सांसद साहले विकासको अवस्था 'अपरेसन सफल तर बिरामीको मृत्यु' जस्तो भएको टिप्पणी गर्दै प्रत्यक्ष नतिजाको माग गरेका छन् ।

काठमाडौँ । सांसद दीपक साहले राष्ट्रिय गौरवको बबई नदी डाइभर्सन आयोजनाको काममा भइरहेको चरम ढिलाइप्रति कडा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद साहले आयोजना समयमै सम्पन्न नहुँदा राज्यले वार्षिक २ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको बताए । 

इन्जिनियरसमेत रहेका सांसद साहले ४६.८ मेगावाट विद्युत् उत्पादन र ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको यो आयोजना सन् २०२४ डिसेम्बर २० सम्ममा सम्पन्न हुनुपर्ने जानकारी दिए । तर, निर्धारित समयभन्दा एक वर्षभन्दा बढी ढिलो भइसक्दा पनि काममा उल्लेख्य प्रगति नभएको उनले बताए ।

'पावर हाउसका लागि खनेको ठाउँ दुई वर्षदेखि अलपत्र छ, त्यहाँ ल्याइएका करोडौँका इलेक्ट्रो–मेकानिकल उपकरणहरू प्रयोगविहीन भएर बिग्रन थालेका छन्,' उनले भने, 'यसको जिम्मेवारी कुन निकायले लिने हो?'

आयोजनाको सुस्त गति र समन्वयको अभावलाई व्यङ्ग्य गर्दै साहले भने, 'हाम्रो विकासको अवस्था अपरेसन इज सक्सेस, पेसेन्ट इज डेडु (अपरेसन सफल भयो तर बिरामीको मृत्यु भयो) भने जस्तो भएको छ । कागजमा ५-६ वटा निकाय मिलेर काम गरेको देखिए पनि मैदानमा नतिजा शून्य छ,' उनले राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री कार्यालयको अनुगमन संयन्त्र प्रभावकारी नभएको भन्दै अब अमूर्त कुराले मात्र नभएरप्रत्यक्ष  देखिने नतिजा आउनुपर्ने माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप