सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

देउवा समूहको भेलामा को–को छन् सहभागी ?

मङ्गलबार, १५ वैशाख २०८३, १५ : १४
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको निवर्तमान सभापाति शेरबहादुर देउवा समूहको भेला महाराजगञ्जस्थित स्मार्ट होटलमा जारी छ ।
  • निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा भइरहेको भेलामा कांग्रेसका पूर्वउपसभापति, पूर्वमहामन्त्री, पूर्वसहमहामन्त्रीसहितका ६० बढी पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू उपस्थित छन् ।
  • भेलामा सभापति गगन थापासँग भएको भेटबारे पूर्णबहादुर खड्काले ब्रिफिङ गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापाति शेरबहादुर देउवा समूहको भेला मंगलबार महाराजगञ्जस्थित स्मार्ट होटलमा जारी छ । 

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा भइरहेको भेलामा कांग्रेसका पूर्वउपसभापति, पूर्वमहामन्त्री, पूर्वसहमहामन्त्रीसहितका ६० बढी पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू उपस्थित छन् ।

खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति सांसद पूर्वसांसदहरूको भेला बोलाएका थिए ।  

यी हुन् भेलामा सहभागी नेताहरू

पूर्वबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति

बिमलेन्द्र निधि पूर्वउपसभापति

विजयकुमार गच्छदार पूर्वउपसभापति

डा. शशांक कोइराला पूर्वमहामन्त्री

कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री

प्रकाशमान सिंह, पूर्वमहामन्त्री

महालक्ष्मी उपाध्याय ‘डिना’ पूर्वसहमहामन्त्री

डा.प्रकाशशरण महत पूर्वसहमहामन्त्री

उमाकान्त चौधरी, पूर्वसहमहामन्त्री

पूर्व केन्द्रीय सदस्यहरू

रमेश लेखक,

सुजता कोइराला,

एनपी साउद

मोहन बस्नेत,

रामहरि खतिवडा,

वीरबहादुर बलायर,

अम्बिका बस्नेत,

कान्तिका सेजुवाल,

नैनसिंह महर,

कल्याण गुरुङ,

कुन्दनराज काफ्ले,

गुरु बराल,

रणबहादुर रावल,

जीवनबहादुर शाही,

लक्ष्मी खतिवडा

सरस्वती बजीमय

सिता राना

रमा पौड्याल कोइराला

किरण पौड्याल

सुशीला ढकाल आचार्य

गोमा भट्टराई

रुपा बिक

मीन विश्वकर्मा

पदमनारायण चौधरी

हरिशंकर परियार

उमेशजंग रायमाझी

गोविन्दबहादुर शाह

सरस्वती तिवारी

राधा घले

कल्याणी रिजाल

उषा मिश्र राउत

मदनबहादुर अमात्य

आनन्द ढुंगाना

जीतजंग बस्नेत

सिता गुरुङ

माया राई

शान्ति परियार

ध्यानगोसविन्द रञ्जित

पदम बोगटी

अञ्जनी श्रेष्ठ

गोमा भट्टराई

यी बाहेक ऐनबहादुर शाही (मुगु), राजु थापा (स्याङ्जा), दुर्लभ थापा (भक्तपुर), नागेश्वर यादवसहितका दुई दर्जनभन्दा बढी जिल्ला सभापतिहरू सहभागी रहेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप