सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने प्रयासको देउवा समूहले गर्याे विरोध
सारांश
- नेपाली कांग्रेसको देउवा समूहले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने प्रयासको विरोध गरेको छ ।
- समूहका नेताहरूले संस्थापन पक्षले एकलौटी गर्न खोजेको आरोप लगाएका छन् ।
- नेताहरूले पार्टी निर्माण र लोकतन्त्र जगेर्ना जस्ता विषयमा ध्यान दिनुपर्नेमा आन्तरिक विषयमा रुमल्लिनु नहुने बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने प्रयास भएको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने बताएको छ । मङ्गलवार समूहको महाराजगञ्जस्थित स्मार्ट होटलमा भइरहेको भेलामा नेताहरूले संस्थापनले एकलौटी गर्न खोजेको बताएका छन् ।
भेलापछि बाहिरिने क्रममा नेता मीन विश्वकर्माले सिटौलाको नाम नलिइकनै पार्टीभित्रको आन्तरिक मामिलामा नरुमल्लिकन राष्ट्रिय राजनीति र लोकतन्त्रको जगेर्ना गर्नतिर लाग्नुपर्ने बताए ।
‘राष्ट्रिय सभामा अहिले भएका हाम्रो पार्टीका सबैभन्दा सिनियर र अनुभवी नेता दलको नेता हुनुहुन्छ । राष्ट्रिय सभाको दलको नेतालाई प्रधानमन्त्री बनाउने त होइन होला, त्यो भन्दा ठुलो उपलब्धि केही हुने पनि होइन होला । उहाँ त्यहाँ भएर पार्टीलाई कुनै काम गर्न अप्ठ्यारो पनि भएको छैन,’ विश्वकर्माले सञ्चारकर्मीहरूसँग भने, ‘अहिले अरू छोडेर पार्टी निर्माणका कुराहरू, लोकतन्त्र जगेर्नाका कुराहरू, अहिलेको सहज बहुमतको सरकारले गर्ने काममा प्रमुख प्रतिपक्षी दलको रूपमा खबरदारी गर्ने विषय छोडेर आन्तरिक विषयमा रुमल्लिन थालियो भने त्यसले पार्टीका लागि पनि राम्रो गर्दैन, लोकतन्त्रका लागि पनि राम्रो गर्दैन ।’
भेलामा बोल्ने नेताहरूले सहमति र सहकार्यबाट अगाडि बढ्न नेतृत्वलाई सुझाए थिए । पार्टी निर्माणको पक्षमा लाग्नु पर्ने बेलामा आन्तरिक विषयमा नलाग्न पनि नेताहरूले पार्टी नेतृत्वलाई सुझाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण