नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा होमबहादुर भारती दोषी ठहर, कैद र जरिवानाको फैसला
सारांश
- विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा होमबहादुर भारतीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।
- अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
- भारतीले तनहुँको देवघाट गाउँपालिकामा विभिन्न पदमा करार सेवामा कार्यरत रहँदा नक्कली प्रमाणपत्र पेस गरेका थिए ।
काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा होमबहादुर भारतीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।
मङ्गलबार विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भारतीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दोषी ठहर गरेको हो ।
अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क समेत असुल गर्न भनेको छ ।
प्रतिवादी होमबहादुर भारतीले तनहुँको देवघाट गाउँपालिकामा २०७५ सालदेखि २०८१ सालसम्म विभिन्न समयमा सरसफाइ सुपरिवेक्षक, उत्प्रेरक, संयोजक र सामाजिक परिचालक पदमा करार सेवामा कार्यरत रहेका थिए ।
सो पदमा नियुक्ति पाउनका लागि उनले २०५५ सालमा ४६६ प्राप्तांकसहित प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र र लब्धाङ्क पत्र (सिम्बोल नम्बर ०२५२४४३१–एम) पेस गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
-
विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै
-
आधुनिकताका बिच आफ्नै मौलिकता जोगाउँदै दरै समुदाय
-
२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी
-
पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण