सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा होमबहादुर भारती दोषी ठहर, कैद र जरिवानाको फैसला

मङ्गलबार, १५ वैशाख २०८३, १७ : ३१
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा होमबहादुर भारतीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।
  • अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
  • भारतीले तनहुँको देवघाट गाउँपालिकामा विभिन्न पदमा करार सेवामा कार्यरत रहँदा नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा होमबहादुर भारतीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ ।

मङ्गलबार विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भारतीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दोषी ठहर गरेको हो ।

अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । साथै अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क समेत असुल गर्न भनेको छ ।

प्रतिवादी होमबहादुर भारतीले तनहुँको देवघाट गाउँपालिकामा २०७५ सालदेखि २०८१ सालसम्म विभिन्न समयमा सरसफाइ सुपरिवेक्षक, उत्प्रेरक, संयोजक र सामाजिक परिचालक पदमा करार सेवामा कार्यरत रहेका थिए ।

सो पदमा नियुक्ति पाउनका लागि उनले २०५५ सालमा ४६६ प्राप्तांकसहित प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र र लब्धाङ्क पत्र (सिम्बोल नम्बर ०२५२४४३१–एम) पेस गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप