१४ जिल्लामा घरमै पासपोर्ट पठाउने व्यवस्था, अहिलेसम्म ३१९ वटा डेलिभरी
सारांश
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालिकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत १४ वटा जिल्लामा घरमै पासपोर्ट पठाउने सेवा सुरु भएको छ ।
- हुलाक सेवा विभागमार्फत हालसम्म करिब ३१९ वटा राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ ।
- राहदानीसँगै सवारी चालक अनुमतिपत्र वितरणमा पनि हुलाकले उल्लेख्य प्रगति गरेको छ र कास्की र मोरङमा घरमै लाइसेन्स पुर्याउने कार्यको सुरुवात भएको छ ।
काठमाडौँ । १४ जिल्लामा घरमै पासपोर्ट पठाउने व्यवस्था सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालिकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत १४ वटा जिल्लामा यो सेवा लागू भइसकेको छ ।
यी जिल्लाहरूमा हुलाक सेवा विभागमार्फत हालसम्म करिब ३१९ वटा राहदानी सेवाग्राहीको घरमै पुर्याइएको मन्त्रालयले जनाएको छ ।
सेवा विस्तारका लागि अन्य जिल्ला प्रशासन कार्यालयहरूले पनि राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
राहदानीसँगै सवारी चालक अनुमतिपत्र वितरणमा पनि हुलाकले उल्लेख्य प्रगति गरेको मन्त्रालयको दाबी छ । मङ्गलबारसम्म २ लाख ५६ हजार १२६ वटा लाइसेन्स हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको छ ।
यसका साथै कास्की र मोरङ जिल्लामा यातायात कार्यालयसँग समन्वय गरी सेवाग्राहीको घरमै लाइसेन्स पुर्याउने कार्यको समेत सुरुवात भइसकेको छ। हुलाक सेवालाई थप प्रभावकारी बनाउन अन्य विभिन्न निकायसँग पनि सहकार्य अगाडि बढाइएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका प्रश्न पत्र, उत्तर पुस्तिका र प्रमाणपत्र ढुवानीको काम सुरु भइसकेको छ भने त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र ढुवानी गर्ने विषयमा दोस्रो चरणको छलफल सम्पन्न भएको छ ।
त्यस्तै, नेपाल टेलिकमका सिमकार्ड घरमै पुर्याउन प्राविधिक तयारी थालिएको छ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमुना ढुवानी गर्ने सम्झौता अन्तिम चरणमा पुगेको छ । सरकारी सेवालाई छिटोछरितो बनाउन राहदानी विभाग र महालेखा नियन्त्रक कार्यालयसँग सफ्टवेयर प्रणाली एकीकरणका लागि समेत पहल भइरहेको छ।
गत चैत १३ गते सार्वजनिक गरिएको सरकारको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई ‘सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने’ लक्ष्य राखिएको छ।
यस अभियानलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार मन्त्रालयबिच निरन्तर समन्वय भइरहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण