च्याम्पियन्स लिग सेमिफाइनलः ९ गोलको रोमाञ्चक खेलमा पीएसजीको जित, बायर्न ५–४ ले पराजित
सारांश
- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिखलाई ५-४ गोल अन्तरले पराजित गरेको छ ।
- पीएसजीका लागि ख्विचा क्वाराट्सखेलिया र ओस्मान डेम्बेलेले दुई-दुई गोल गरे भने जोआओ नेभेसले एक गोल थपे ।
- बायर्नका लागि ह्यारी केन, माइकल ओलिसे, डायोट उपामेकानो र लुइस डियाजले गोल गरे पनि टोली पराजित भयो ।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिखमाथि रोमाञ्चक जित हात पारेको छ । मंगलबार भएको गोलको वर्षा हुँदा पीएसजीले बायर्नलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको यस प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि ख्विचा क्वाराट्सखेलिया र ओस्मान डेम्बेलेले दुई–दुई गोल गरे । क्वाराट्सखेलियाले खेलको २४ औँ र ५६ औँ मिनेटमा गोल गरे भने डेम्बेलेले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत र ५८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । यस्तै, जोआओ नेभेसले खेलको ३३ औँ मिनेटमा एक गोलको योगदान दिएका थिए ।
अर्कोतर्फ, पराजित टोली बायर्न म्युनिखका लागि ह्यारी केनले १७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । बायर्नका लागि माइकल ओलिसेले ४१ औँ मिनेट, डायोट उपामेकानोले ६५ औँ मिनेट र लुइस डियाजले ६८ औँ मिनेटमा गोल गरे पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन ।
यस जितसँगै पीएसजीले दुई लेगको सेमिफाइनलमा ५–४ को अग्रता बनाएको छ । अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल बायर्नको घरेलु मैदानमा हुनेछ, जसले फाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
-
विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण