एमाले सांसद भन्छन्—संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास त होइन ?
बुधबार, १६ वैशाख २०८३, ०७ : ४२
सारांश
- नेकपा एमालेकी सांसद लक्ष्मी पोखरेलले संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास भएको टिप्पणी गरेकी छन् ।
- उनले संसद् बोलाइएको अवस्थामा अध्यादेश ल्याउने कदम गलत भएको र यसले कानुनको शासन अवरुद्ध गरेको बताइन् ।
- सांसद पोखरेलले राष्ट्रपतिसमक्ष अध्यादेश प्रमाणीकरण नगर्नसमेत अनुरोध गरेकी छन् ।
सुर्खेत । नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले बालेन शाह नेतृत्वको सरकारले अध्यादेशको बाटो रोजेपछि कडा टिप्पणी गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सांसद पोखरेलले संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास त होइन भन्दै प्रश्न गरेका हुन् ।
‘अध्यादेश ल्याउने भनेको अपवादको विषय हो, संसद् बोलाइसकेपपछि वा संसद् बोलाउने अवस्थामा अध्यादेश ल्याउने कदम गलत छ,’ उनले भनेका छन्, ‘यहाँ त अध्यादेश ल्याउनलाई बोलाइएको संसद् अधिवेशन नै रोकियो ।’
यो सबै मैले जे गरे पनि हुन्छ भन्ने सोचविचार वर्तमान सरकारमा रहेको उनले बताए ।
उनले थप भने, ‘कानुनको शासन कहाँनेर अवरुद्ध भयो र सरकारले अध्यादेश ल्यायो ? संसद् छलेर अध्यादेश ल्याउनु तानाशाहीको अभ्यास त होइन ? सम्माननीय राष्ट्रपतिज्यूमा अध्यादेश प्रमाणीकरण नगर्न निवेदन गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण