हाइ–स्कोरिङ खेलमा मुम्बईमाथि सनराइजर्स हैदरावादको सानदार जित, रायन रिकेटनको शतक छायामा
सारांश
- सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।
- मुम्बईले प्रस्तुत गरेको २४४ रनको विशाल लक्ष्य हैदरावादले ८ बल बाँकी छँदै २४९ रन बनाउँदै पूरा गर्यो ।
- मुम्बईका लागि रायन रिकेटनले १२३ रनको अविजित शतकीय इनिङ्स खेले ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको २४४ रनको विशाल लक्ष्य हैदरावादले ८ बल बाँकी छँदै १८.४ ओभरमा ४ विकेट गुमाएर २४९ रन बनाउँदै पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गरेको थियो । मुम्बईका लागि रायन रिकेटनले विष्फोटक ब्याटिङ गर्दै ५५ बलमा १२३ रनको अविजित शतकीय इनिङ्स खेले । त्यस्तै, विल ज्याक्सले २२ बलमा ४६ र कप्तान हार्दिक पाण्ड्याले १५ बलमा ३१ रनको योगदान दिए । बलिङतर्फ हैदरावादका प्रफुल हिन्गेले २ विकेट लिए भने इसान मलिङ्गा र नीतिश कुमार रेड्डीले १–१ विकेट झारे ।
विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादका ब्याटरहरूले सुरुदेखि नै आक्रामक शैली अपनाए । टोलीका लागि ट्राभिस हेडले मात्र ३० बलमा ७६ रनको महत्त्वपूर्ण इनिङ्स खेले । त्यस्तै, हेनरिक क्लासेनले ३० बलमा ६५ रन बनाउँदै अविजित रहे भने अभिषेक शर्माले २४ बलमा ४५ रन जोडे । मुम्बईका लागि अल्लाह गजनफरले २ तथा हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले १–१ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
यस जितसँगै सनराइजर्स हैदरावादको ९ खेलबाट १२ अंक पुगेको छ र तालिकामा आफ्नो स्थान सुदृढ बनाएको छ । अर्कोतर्फ, पराजित मुम्बई इन्डियन्सको ८ खेलबाट मात्र ४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण