सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

५० करोड डलरको इरानी क्रिप्टो सम्पत्ति जफत गरेको अमेरिकाको दाबी

बिहीबार, १७ वैशाख २०८३, १० : ४०
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • अमेरिकाले इरानसँग सम्बन्धित करिब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी सम्पत्ति जफत गरेको दाबी गरेको छ ।
  • अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वासिङ्टनको आर्थिक दबाब अभियानले तेहरान सरकारलाई संकटमा पारेको बताएका छन् ।
  • इरानले भने अमेरिकी अभियानको आलोचना गर्दै यस्तो कदमले तेलको मूल्य अझ बढाउने प्रतिक्रिया दिएको छ ।

न्यूयोर्क । अमेरिकाले इरानसँग सम्बन्धित करिब आधा अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी सम्पत्ति जफत गरेको दाबी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनको आर्थिक दबाब अभियानले तेहरान सरकारलाई संकटमा पारेको बताएका छन् । 

फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले करिब ३५ करोड डलर बराबरको क्रिप्टो सम्पत्ति जफत गरिएको र हालै थप १० करोड डलर मिलियन डलर जफत गरिएको बताए । उनका अनुसार कुल जफत रकम अहिले झन्डै ५०० मिलियन डलर पुगेको छ, साथै विश्वभर बैंक खाताहरू पनि रोक्का गरिँदैछ ।

राष्ट्रपति डोनाल्ड टम्पले गएको वर्ष मार्चमा “अपरेशन इकोनोमिक फ्युरी” नामक आर्थिक दबाब अभियान सुरु गर्न निर्देशन दिएको र करिब तीन हप्ता अघि दबाब अझ बढाउन भनेको पनि उनले जानकारी दिए । अमेरिकाले अहिले अन्य देश र कम्पनीहरूलाई इरानसँगको सम्बन्ध तोड्न दबाब दिइरहेको छ । इरानी तेल खरिद गर्ने देशहरूलाई समेत चेतावनी दिँदै अमेरिकी प्रशासनले आवश्यक परे द्वितीय प्रतिबन्ध लागू गर्न सकिने जनाएको छ ।

बेसन्टका अनुसार यो आर्थिक अभियान र इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक अवरोधले इरानको अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ । उता इरानले भने अमेरिकी अभियानको आलोचना गर्दै यस्तो कदमले तेलको मूल्य अझ बढाउने प्रतिक्रिया दिएको छ । इरानका संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बेसन्टको सुझावलाई बेकार भन्दै टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप