हरायो सेड्रिना र अनुभवको बालापन ?
आइतबार, २० साउन २०७५, १२ : १७
काठमाडौं – ट्रेलर र गीतका कारण चर्चामा रहन सफल ‘नाईँ नभन्नू ल ५’को दोस्रो गीत पनि आएको छ । ‘बालापनको उमेर’ शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समिक्षा अधिकारीको स्वर छ ।
गीतमा कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय देख्न सकिन्छ । गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।
विकास आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’मा दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा, अभिषेक नेपाल लगायतको अभिनय रहेको छ ।
पुरुषोत्तम प्रधानको छायाँकन, विकास आचार्य र सामिप्यराज तिमल्सिनाको लेखन, वसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको चलचित्र ८ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण