शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

त्रिविका पदाधिकारी राजीनामा दिने तयारीमा

बिहीबार, १७ वैशाख २०८३, १२ : ३८
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।
  • सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने अध्यादेश ल्याएपछि राजीनामाको तयारी भएको हो ।
  • उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन् ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् । 

त्रिविका उपकुलपति प्राडा दीपक अर्यालका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि राजीनामाको तयारी भएको हो । ‘हामी सल्लाह गर्दै छौँ । निर्णय गरिसकेका छैनौँ,’ उनले रातोपाटीसँग भने  ।  

त्रिवि स्रोतका अनुसार  उपकुलपति अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप