गुजरात टाइटन्सद्वारा रोयल च्यालेन्जर्स बेंग्लोर ४ विकेटले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ४ विकेटले पराजित गरेको छ ।
- बेंग्लोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो ।
- यस जितसँगै गुजरात टाइटन्सको ९ खेलबाट १० अंक पुगेको छ भने रोयल च्यालेन्जर्स बेंग्लोरको ९ खेलबाट १२ अंक रहेको छ ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ४ विकेटले पराजित गरेको छ । बेंग्लोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी रहँदै १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले बलिङ रोजेको गुजरातका लागि बलरहरूले कसिलो प्रदर्शन गरेपछि बेंग्लोरले १९.२ ओभरमा सबै विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । बेंग्लोरका लागि देवदत्त पडिक्कलले सर्वाधिक ४० रन बनाए भने विराट कोहलीले २८ तथा रजत पाटीदारले १९ रनको योगदान दिए । गुजरातका बलर अर्शद खानले ३ विकेट लिए भने राशिद खान र जेसन होल्डरले समान २–२ विकेट हात पारे ।
जवाफी ब्याटिङमा गुजरातका लागि शुभमन गिलले ४३ रन र जस बटलरले ३९ रनको उत्कृष्ट पारी खेल्दै जितको आधार तयार पारे । अन्त्यमा राहुल तेवतिया २७ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । आरसीबीका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए ।
यस जितसँगै ९ खेल खेलेको गुजरात टाइटन्सको १० अंक पुगेको छ । पराजित रोयल च्यालेन्जर्स बेंग्लोरको भने समान ९ खेलबाट १२ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण