सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सबैको अन्तरमनमा करुणाको दीप बलोस् : केपी ओली

शुक्रबार, १८ वैशाख २०८३, ०९ : ५०
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको बताएका छन् ।
  • उनले २५७० वर्षअघि यही दिन गौतम बुद्ध महापरिनिर्वाणमा विलीन भएको र यस पावन दिनमा देश-देशबिच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गरेका छन् ।
  • ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गमा डोर्‍याउने सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिएका छन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन् । 

बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई मानव सभ्यताले प्राप्त गरेको बताएका छन् । 

‘२५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो । गौतम बुद्धको जन्म, बोधी र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश–देशबिच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु’, ओलीले भनेका छन्, ‘मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ 

उनले यस अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिएका छन् ।

677844058_1531452788597347_2579615964715448556_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप