रोल्पा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो
आफन्तको सहयोगमा शव पहिचान गरिँदै
शुक्रबार, १८ वैशाख २०८३, १० : १६
सारांश
- रोल्पाको थवाङ गाउँपालिका-१ मा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।
- रुकुमपूर्वबाट थवाङ गाउँपालिका जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए ।
- मृत्यु हुनेमा १२ महिला, ४ पुरुष र ४ बालक छन्, जसमध्ये चारजनाको पहिचान भएको छ ।
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ मा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ । बिहीबार रुकुमपुर्वबाट थवाङ गाउँपालिका स्थित जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए ।
मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । तीमध्ये चारजनाको पहिचान खुलेको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
अहिलेसम्म घोराही नगरपालिका–१२ गुर्जे घर भएकी धनमाया विष्ट, घोराही–१५ रतपनुरका तिला जिसी, ठेगाना नखुलेका युवा बुढाथोकी र एसिला घर्तीको पहिचान खुलेको छ । आफन्तको सहयोगमा पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण