यो साता बजारमा ः आधुनिक भन्दा तीज गीत धेरै
काठमाडौं – तीज आउन करिब एक महिना बाँकी छ । तर तीजका गीत संगीतले बजार तताउन थालिसकेका छन् । यो साता पनि बजारमा थुप्रै गीत संगीत सार्वजनिक भए । जसमध्य अधिकांस गीत संगीत तीज सम्बन्धी नै रहेका छन् । यस्ता छन् यो साता बजारमा आएका गीत–संगीत ।
‘अहिलेको तीजैमा’
तीजको अवशर पारेर संचारकर्मी कल्पना भण्डारीले आफ्नै स्वरमा ‘अहिलेको तीजैमा’ बोलको गीत ल्याएकी छन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतका आकर्षक भिडियो समेत बनेको छ ।
भिडियो उनी आफैले अभिनय गरेकी छन् । रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको गीतको भिडियो सम्पादन तथा निर्देशन टेकेन्द्र साहले गरेका हुन् ।
भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता हुन् ।
‘यो तीजमा माइतीको आँगन’
हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा तीजसँग सम्बन्धित गीत धमाधम सार्वजनिक भइरहेका छन् । कृष्ण कटेलको लय तथा शब्द रहेको ‘यो तीजमा माइतीको आँगन’ बोलको तीज सार्वजनिक गरिएको हो । श्रीया नेपालको स्वर रहेको उक्त गीतकोभिडियोमा सृङगा कोइराला र पाशाङ शेर्पाको अभिनय रहेको छ । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् । पाटनको कृष्ण मन्दिरमा छायांकन गरिएको भिडियोमा कृष्ण मन्दिरका सुन्दर दृश्य कैद गरिएको छ ।
‘क्यारम मायालाई’
गायिका सुनिता अधिकारीले तीज गीत ‘क्यारम् मायालाई’ ल्याएकी छन् । गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेकी छन्, भने अभिनयमा उनलाई रामकुमार शाहीले साथ दिएका छन् । शिव हमालको शब्द र लय रहेको गीतमा गणेश पाण्डेको निर्देशन र प्रकाश भट्टको कोरियोग्राफी रहेको छ । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र स्रोताहरुको मन जित्न सफल हुने सुनिता बताउँछिन् ।
ि
‘बर्खाको पानी’
चर्चित गायिका मेलिना राईको स्वर रहेको ‘बर्खाको पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिनासँगै राजेन्द्र बजगाईंको पनि स्वर रहेको छ । जीवन लुइंटेलको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको गीतलाई पुरुषोतम न्यौपानेले एरेन्ज गरेका हुन् । गीतमा मोडल सोनिका रोकायले सुरज श्रेष्ठसँग रोमान्स गरेकी छन् । भिडियो गीतकार जीवन लुइंटेलले नै निर्देशन गरेकी हुन् । माला मगरको कोरियोग्राफी रहेको गीतमा मुकेश हुमागाईंको छायाँकन रहेको छ ।
‘पान वाला’
गायक प्रराज पौडेल तथा गायिका सिर्जना गुरुङको नयाँ गीत ‘पान वाला’ सार्बजनिक भएको छ । गीतको भिडियोमा चर्चित हट गायिका तथा मोडल ज्योति मगर र शिवशंकर प्रसाद रिजाल देखिएका छन् । भिडियो ज्योती हट एण्ड सेक्सी देखिएकी छन् । प्रराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतको समेत अभिनय रहेको गीतमा महेश ज्ञवालीको शव्द तथा संगीत रहेको छ । सचिन थापाले भिडियो निर्देशन गरेका हुन् ।
‘म पतझड तिमी मधुमास’
वरिष्ठ गायक जगतमर्दन थापाको नयाँ एल्बम ‘म पतझड तिमी मधुमास’ सार्वजनिक गरिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार चलचित्र निर्देशक चेतन कार्कीको सभापतित्वमा सार्वजनिक गरिएको हो । थापाको भारतीय गायिका उषा मङ्गेशकरसँग एल्बममा युगल गायन रहेको छ । एल्बम ‘म पतझड तिमी मधुमास’ लाई मोहित मर्दन थापाले निर्माण गरेका हुन्, भने म्यूजिक नेपालले बजार व्यवस्थापन गरेको छ । एल्बम भित्र मायालु नयनको इशारा, सपनीमा रुवाउँछ, धुवाँ जस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियो जस्ता माधुर्य गीतहरु रहेका छन् । वरिष्ठ गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगत मर्दन थापा, सहदेव ढुंगाना र मोहित मर्दन थापाका शब्द रहेको एल्बममा मदनसिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ ।
‘टल्कियो टलक्क सितारा’
तीजका अवसरमा आफ्नो विभिन्न सांगीतिक कोसेली लिएर आउने लोकदोहोरी गायक तथा गायिकाको क्रम बढ्दो मात्रामा रहेको छ । यस्तैमा विनोदबावु केसी र सुमित्रा काफलेले तीजको कोशेली ‘टल्कियो टलक्क सितारा’ भिडियो सहित ल्याएका छन् । दर्शक तथा स्रोताको माग अनुसार आफुले तीज गीत बजारमा ल्याएको गायिका सुमित्राले बताइन् । डम्वर चन्द बगरको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा करिष्मा ढकाल , सुमन परियार, मनिष कार्कीको दमदार अभिनय रहेको छ ।
‘नियतमै खोट भएको मान्छे’
गायिका गीता बस्नेतको स्वर रहेको ‘तिम्रो नियतमै खोट रहेछ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा योगेस काजीको संगीत संयोजन रहेको छ । भिडियोमा मिस टिन दमककी बिजेता कृतिका दाहाल र मिली आङदेम्बेको अभिनय रहेको छ । झापाकै विभिन्न रमणीय स्थानहरुमा खिचिएको भिडियो ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेका हुन् ।
‘म त नाच्ने हो’
गायिका टीका प्रसाईंको तीज गीत ‘म त नाच्ने हो’ सार्वजनिक भएको छ । गीतमा गायिका टीका प्रसाईं र अमृता नेपालले संयुक्त रुपमा शब्द कोरेका हुन् । गीतको संगीत संयोजन आदेश गुर्मछानको रहेको छ । गीतको भिडियोमा अस्ट्रेलियाको सिड्नी वरपरिको मनमोहक दृश्यहरु समेटिएका छन् । भिडियोमा गायिका प्रसाईं र उनका साथीहरू देख्न सकिन्छ । भिमसेन गुरुङको कोरियोग्राफी रहेको भिडियोमा सुरबिन मानन्धरको निर्देशन रहेको छ ।
‘भैसी गयो खोलै खोल’
गायक तिलक ओली र गायिका करिष्मा डिसीको तीज लोक कोशेली ‘भैसी गयो खोलै खोल’ भिडियो सहित सार्वजनिक भएको छ । तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज रहेको गीतमा शब्द तथा तय तिलक ओलीकै रहेको छ । गोविन्द विवसको छायाँकन, प्रेमकुमार थारुको सम्पादन गीत भिडियोमा गोविन्द विवस, रिना थापामगरको अभिनय देख्न सकिन्छ । भिडियो गोविन्द विवसले निर्देशन गरेका हुन् ।
‘आयो रे सावन आयो’
गायक भुपु पाण्डेले ‘आयो रे सावन आयो’ बोलको फ्युजन सहितको कवाली गीत ल्याएका छन् । युवापुस्तालाई ध्यानमा राखेर पाण्डेले बनाएको गीतको म्युजिक भिडियो पनि फरक शैलीको छ । आफ्नो गेटअपका कारण चर्चामा रहने गायक पाण्डेले संगीतमा निकै मेहनत गर्ने गरेको बताउँछन् । ‘यो गीतमा केही फरक दिने प्रयास गरेको छु’, उनले भने, ‘कवाली फेलेभरमा रहेको गीतमा संगीत पनि निकै परक बनाउन खोजको छु ।’
आफ्नै संगीत र एरेञ्ज रहेको ‘आयो रे सावन आयो’ बोलको गीतको शब्द पनि पाण्डे आफैले लेखेका हुन् । आफ्ना अघिल्ला गीतहरूबाट उत्साहित बनेका गायक पाण्डेले प्रत्येक गीतलाई फरक पहिचान दिने प्रयास गर्ने गरेका छन् । पाण्डेको पछिल्लो ‘छाता’ गीतले युट्युबमा आठ लाखभन्दा धेरै भ्यु पाएको थियो । म्युजिक भिडियोमा गायक पाण्डेलाई सुर्शा ओझाको साथ छ । भिडियो पनि गायक पाण्डेले फरक शैलीमा निर्माण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण